पाँचथर । नेपाल प्रेस युनियन पाँचथरले यूनियनका पूर्व उपाध्यक्ष तथा केन्द्रिय पार्षद स्वर्गीय एकराज भण्डारीको स्मृतिमा ५ लाख रुपैयाँ राशीको एकराज भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।
युनियनका जिल्ला अध्यक्ष जितेन्द्र भण्डारीले आईतबार जारी गरेको शोक विज्ञप्तिमा पाँच लाख रुपैयाँ राशीकोअक्षय कोष रहने गरी ‘एकराज भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गर्नु भएको हो ।नेपाल पत्रकार महासंघका वर्तमान उपाध्यक्ष समेत रहेका ‘स्वर्गीय भण्डारीले पत्रकारिता क्षेत्रसँगै युनियनको संगठनमा पुर्याएको योगदानको सम्मान स्वरुप अक्षयकोष स्थापना गर्ने शोक विज्ञप्तिमा उल्लेख छ ।
भण्डारी लेखन र अध्यापनमा पनि सकृय हुनुहुन्थ्यो ।यसैविच नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आईतबार शोक विज्ञप्ति जारी गर्दै भण्डारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।शाखा अध्यक्ष गिरिराज वास्कोटाले विज्ञप्ती जारी गर्दै भण्डारीको शोक मनाउन तीन दिन कार्यालय बन्द गर्ने र सातौँ दिनदेखि शोक पुस्तिका राख्ने जानकारी दिनुभयो ।उता नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रोशन पुरीले पनि विज्ञप्ति जारी गदै भण्डारीको निधनप्रति दुख व्यक्त गर्नुभएको छ ।
भण्डारीको कोरोनाका कारण २०७८ जेठ १५ गते उपचारको क्रममा झापाको विर्तामोड स्थित विर्तासिटी अस्पतालमा निधन भएको थियो ।






