खोप सहयोगका लागि राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपतिलाई अनुरोध


१५ जेष्ठ २०७८, शनिबार १३:२१ मा प्रकाशित

काठमाण्डाै ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर नेपाललाई काेराेनाविरुद्धकाे खोप सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बाइडेनलाई पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमा पुगेर वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई हस्तान्तरण गर्नुभएको अमेरिकामा रहेको नेपाली दूतावासले जनाएको छ ।

भेटमा राजदूत खतिवडाले अमेरिकी सहयोगमा विश्वका विभिन्न देशले सुविधाका रूपमा पाउने एस्ट्राजेनेकाको खोपमा पनि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको दूतावासले जनाएको छ।जवाफमा मसिन्गाले अमेरिकी सरकारको नेपालको वर्तमान महामारीलाई लिएर गहिरो सहानुभूति रहेको बताएको दूतावासले जनाएको छ ।

यस अघि परराष्ट्र मन्त्रालयले पनि अमेरिकाको जोन्सन एन्ड जोन्सनको खोप ५० लाख डोज खरिद गर्न पनि पत्राचार गरिसकेको छ ।राष्ट्रपति भण्डारीले यस अघि भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर तथा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग टेलिफोन संवादमा खोपका लागि सहयोग गर्न अनुराेध गरिसक्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here