विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च बीएन्डसीले व्यहोर्ने


१५ जेष्ठ २०७८, शनिबार १३:१० मा प्रकाशित

झापा । बिर्तामोड स्थित बीएन्डसी मेडिकल कलेज टिचिङ्ग हस्पिटलले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्जवल थापाको सबै उपचार खर्च व्यहोर्ने भएको छ ।

शनिवार बीएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक विज्ञप्ती जारी गर्दै काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत् थापाको सबै उपचार खर्च व्यहोर्ने घोषणा गर्नु भएको हो ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले थापाको उपचारका लागि आर्थिक सहयोगको आव्हान गरेकोले सामाजिक उत्तरदायित्व अन्तरगत उपचार खर्च व्यहोर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

थापा मेडिसिटीको सघन उपचार कक्षको भेन्टिलेटरमा केहि दिनदेखि उपचाररत् छन् । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले उनको उपचार खर्च जुटाउन आर्थिक सहयोग आह्वान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here