काठमाडाैं । नेकपा एमालेले पार्टीका नेता तथा विघटित प्रतिनिधिसभाका थप १२ जना सदस्यलाई स्पष्टीकरण सोधेको छ।
सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भन्दै स्पष्टीकरण सोधेको हो।
स्पष्टीकरण सोधिएका नेताहरु घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन,मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।उनीहरु संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने १४६ मध्येकै हुन्।
स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने तथा सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।






