माओवादी नेता पाण्डेमाथि गोली प्रहार


६ जेष्ठ २०७८, बिहीबार १०:२८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार भएको छ।

तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा जिल्ला नेता पाण्डेमाथि  बिहीबार ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

पाण्डेको पेट र कम्ममा गोली लागेको छ । पाण्डेसँगै मोटरसाईकलमा सवार भारतीय नागरिक ईराज अख्तर मुलसमानको पनि पाखुरामा गोली लागेको छ ।तौलिहवातिर जाँदै गरेका पाण्डेलाई अर्को मोटरसाईकलमा आएका ३ जनाले गोली प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।

घाइते पाण्डेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको तथा गोली हान्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here