लमजुङ भूकम्पमा ५ जना घाइते, १० घर भत्किए


५ जेष्ठ २०७८, बुधबार ०८:५८ मा प्रकाशित

काठमाण्डाै । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि पाँच जना घाइते भएका छन् ।

भूकम्पले घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उहाँले बताउनुभएको छ ।

बिहान पाँच बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिनुभयो ।भूकम्पको धक्का लमजुङसहित गोरखा,तनहुँ, कास्की, मनाङ,चितवन,धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here