प्रधानमन्त्रीले जतिसक्दो चाडो संसदबाट विश्वासको मत लिने


४ जेष्ठ २०७८, मंगलवार ०९:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडो संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफूले चाँडै संसदबाट विश्वासको मत लिन लागेको जानकारी गराएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनका अनुसार मिति टुंगो नलागे पनि चाँडै लिने गरी मन्त्रिपरिषद बैठकमा जानकारी गराएको बताए।

वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले  विश्वास मत लिने तयारीमा आफू रहेको बताएका हुन्।अल्पमतको सरकार बनेपछि यो सरकारले विश्वासको मत नलिइ बजेट ल्याउन नमिल्ने विपक्षीले बताउँदै आएका छन्। गत आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका थिए। उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताएका थिए।

यस्तै बैठकले  कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here