झापा । बिर्तामोड नगरपालिकाले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएकाकारण अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ ।
बिर्तामोड नगरपालिकाले आज (सोमबार)सुचना प्रकाशित गर्दै कार्यालयले प्रदान गर्दै आएका अत्यावश्यक बाहेकका सबै सेवाहरु वैशाख ३१ गतेसम्मको लागि स्थगित गरिएको जनाएको हो ।नियमीत कार्यालय सञ्चालन हुँदा कार्यालयमा भिडभाड बढ्दै जाने र सेवाग्राहीमा समेत संक्रमण फैलने जोखीमलाई मध्यनजर गरी नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट प्रदान गरीने अतिआवश्यक बाहेकका सम्पुर्ण सेवा स्थगित गरीएको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले जानकारी दिनु भयो ।
नगरपालिकाले स्वास्थ्य,वारुण यन्त्र,फोहोरमैला व्यवस्थापन,नगर प्रहरी सेवा र भुमि सम्बन्धि समस्या समाधान आयोगका कामहरु भने नरोक्ने जनाएको छ ।






