काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने प्रशासनको तयारी


१३ बैशाख २०७८, सोमबार १४:४९ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ ।

सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी एकदुईदिनभित्रदेखि नै लागू हुने गरी कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

उनले बन्दको निर्णय गर्दा सर्वसाधारणलाई घर फर्कनका लागि समय दिइने र निर्णय भने एकदुईदिनपछि मात्र लागू हुन सक्ने बताए ।

उनले कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा कडाई गर्न लागिएको बताए । त्यस्तै नागरिकलाई सहज होस भनेर केहि क्षेत्र भने खुल्ला गर्न सकिने पराजुलीले बताए । उनले कोरोना नियन्त्रण र रोकथानका लागि अनुगमन र माइकिङ लगाएतलाई तिव्रता दिएपनि त्यसले पनि नपुग्ने भएकाले कडाई गर्न लागिएको बताए ।

कडाईका क्रममा दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here