ओली सरकारले जनता झुक्याउने मात्र काम गर्‍यो : प्रकाशमान सिंह


२९ चैत्र २०७७, आईतवार १४:२५ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनता झुक्याउने काम मात्र गरेको आरोप लगाएका छन् ।

आज नेपाल दलित संघले काठमाडौँमा आयोजना गरेको जिल्ला भेलामा नेता सिंहले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले संसद पुनर्स्थापना गरेपछि पनि संसदीय प्रक्रियालाई कमजोर पार्ने काम गरिरहेको बताए ।

नेता सिंहले संसद् विघटनको प्रयास सकारात्मक थियो भनेर संसदमा उभिएर स्पष्टीकरण दिन सिंहले चुनौती समेत दिए ।

विभिन्न बहानामा ओलीले संसद् छलेर संसद्को आवश्यकता छैन भन्दै हिँडेकोप्रति आपत्ति जनाउँदै नेता सिंहले संसदमा उपस्थित हुन आग्रह गरे ।

नेता सिंहले सरकार गठनका लागि कांग्रेसले प्रयास गरिरहेको पनि बताए । अब नयाँ सरकार गठन गरेर मुलुकलाई अहिलेको अवस्थाबाट निकास दिएर निष्पक्ष निर्वाचन गराइने उनले बताए ।

नेता सिंहले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here