बादललाई पनि कारबाही, हटाएको पत्र संसद् सचिवालयमा दर्ता


२७ चैत्र २०७७, शुक्रबार १५:१० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि पार्टीबाट हटाएर कारबाही गरेको छ ।

माओवादीले बादलले पार्टी त्यागेको जानकारी संसद् सचिवालयलाई दिएको हो । संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार बादललाई कारबाही गरिएको पत्र शुक्रबार दिउँसो दर्ता भएको हो ।

यो कारबाहीसँगै अब बस्ने राष्ट्रियसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

यसअघि, माओवादी केन्द्रले प्रतिनिधिसभाका सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीलाई कारबाही गरेको थियो ।

उनीहरूलाई पार्टीले गरेको पत्र सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराएसँगै उनीहरूको सांसद र मन्त्री पनि गुमेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here