नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा गिरी, सचिवमा लामा


२६ चैत्र २०७७, बिहीबार ०९:१० मा प्रकाशित

विर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मत गणना अनुसार प्रेस युनियन, प्रेस संगठन र मिडिया नेपाल विचको गठबन्धनका साझा उम्मेद्घार गिरी बिजयी भएका हुन् । अध्यक्षमा निर्वाचित गिरीले १५५ मत प्राप्त गरे भने केपि ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेद्वार विशाल नेम्बाड्ंले ७४ मत र माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गरे ।

त्यसैगरि उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १३१ मत प्राप्त गरि निर्वाचित हुदाँ नेम्बाड्ंको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्त गरे भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गरे । महिला उपाध्यक्षमा गिरी प्यानलकी शुशिला संग्रौलाले १४० मतका साथ विजयी हुदाँ नेम्बाङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १०७ मत प्राप्त गरे ।

त्यस्तै सचिवमा गिरी प्यानलकै डिकेश लामा १२८ मत प्राप्त गरी भए भने सिग्देल प्यानलका सुव्रत न्यौपाने ९९ मत प्राप्त गरे । त्यस्तै सचिव पदका अर्का उम्मेदवार प्रेम कुमार आचार्यले २५ मत प्राप्त गरे ।

सह–सचिवमा गिरी प्यानलका राजु पाठक १५५ मत सहित निर्वाचित हुँदा नेम्बाड्ं प्यानलका बिनोद सापकोटाले ९२ मत प्राप्त गरे । त्यसैगरी समावेसी सह सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १७२ मत ल्याई बिजयी हुंदा नेम्बाड्ं प्यानलका देशराज नेम्बाड्ंले ७३ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जीत प्रसाईं १३३ मत प्राप्त गरी विजयी हुंदा नेम्बाड्ं प्यानलका रमेश तिवारी ११५ मत प्राप्त गरी पराजित भए ।

महासंघको झापा शाखाका सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भए । गिरीको प्यानलबाट चिरञ्जिवी घिमिरे, मनिषा चम्लागाईं, शुष्मा राजवंशी, होमप्रसाद अधिकारी, विनोद पाण्डे, द्रोण अधिकारी र रञ्जित परियार निर्वाचित भए भने नेम्बाड्ंको प्यानलबाट राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले र सुनिरा मैनाली विजयी भए ।

नयाँ नेतृत्व चयनका लागी बुधवार भएको मतदानमा शाखाका २६३ सदस्य मध्ये २५६ जना मतदाता पत्रकारहरुले मतदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here