१ किलो सुन लुकाएर ल्‍याउने एकजना विमानस्थलबाट पक्राउ


२५ चैत्र २०७७, बुधबार १३:५३ मा प्रकाशित

 

काठमाडौं । फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्‍याउने एकजनालाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका धनुषाका ३४ वर्षीय प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय परिसरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आउँदा राइस कुकरमा लुकाइ छिपाइ ल्याएको उक्त परिमाणको धातु र बाला ल्‍याएका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here