पत्रकार महासंघको निर्वाचन आज, देशैभर एकसाथ मतदान हुँदै


२५ चैत्र २०७७, बुधबार ०७:४० मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गर्न लागिएको हो ।

केन्द्रीय, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको हो । देशभरका करिब एक सय मतदान केन्द्रमा महासंघका १३ हजार सदस्यले मत दिने व्यवस्था मिलाइएको केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्ले जानकारी दिनुभयो ।

महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरुसम्म बनेको छ ।

अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि हुने निर्वाचनमा कतिपय स्थानमा भने निर्विरोध घोषणा पनि गरिसकिएको छ ।

महासंघको केन्द्रीय समितिको ४९ पदाधिकारीका लागि मतदान हुनेछ भने प्रदेश र शाखाहरुले पनि आ–आफ्ना समिति निर्माणका लागि निर्वाचन गराउने छन् । निर्वाचनमा १३ हजार १२२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् ।

महासंघको नयाँ नेतृत्वका लागि विपुल पोखरेल र निर्मला शर्मा प्यानलसहित चुनावी मैदानमा रहँदा गजेन्द्र बुढाथोकी महासंघमा शुद्धीकरणको नारासहित चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here