गाउँले होटलका सञ्चालक निरौला जंगलमा मृत फेला


२२ चैत्र २०७७, आईतवार १२:२५ मा प्रकाशित

झापा । बिर्तामोडको गाउँले होटलका सञ्चालक तिलक निरौला चारआली जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएका थिए । उनी मे. ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित हराएको खबर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । शव जंगलभित्र रहेको र हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा पुगेर प्रहरीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here