सदस्यहरु बाहिर रहेका कारण माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


२२ चैत्र २०७७, आईतवार ०९:३२ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजेका बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।

अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने जनाइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत नयाँ सरकार गठनमा अग्रसरता लिने निर्णय गरेसंगै पार्टीले अब लिने रणनीतिका सन्दर्भमा छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here