काठमाडौं । शुक्रबार नेपालमा १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।
३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । पछिल्लो पछिल्लो २४ घण्टामा १ सय ११ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९६२ पुगेको छ । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाकाबाट हालसम्म ३ हजार ३१ जनाको मृत्यु भएको छ ।





