कांग्रेसको आकस्मिक बैठक, नेता जोशीलाई अन्तिम श्रद्धाञ्जली दिइँदै


१४ चैत्र २०७७, शनिबार ०८:३५ मा प्रकाशित

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।

नेता नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक बिहान ९ बजेका लागि बोलाएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा डाकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यसैबीच, नेता जोशीको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँकै निवास वसन्तपुरको याट्खा टोलमा राखिने भएको छ । त्यसपछि १२ बजेदेखि दिउँसो २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने प्रवक्ता शर्माले बताउनुभयो ।

मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको हिजो बेलुका निधन भएको हो । भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको हिजो बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका जोशी पूर्वमन्त्रीसमेत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here