दाङमा विद्यार्थी बोकेको बस दुर्घटना, एकजनाको मृत्यु‚ २२ घाइते


१० चैत्र २०७७, मंगलवार ११:०३ मा प्रकाशित

काठमाडौं । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

पब्लिक ज्ञान ज्योति बोर्डिङ स्कुलको रा १ ख ४३३ नम्बरको बस तुलसीपुर सरैया डाँडामा मंगलबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा कक्षा १२ मा अध्ययनरत तुलसीपुर उपमहानगरपालिका(१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो। उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार गम्भीर घाइते पाँचजनाको नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ। अन्य घाइतेको सिटी हस्पिटल र राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here