७७ वटै जिल्लामा मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु हुँदै


५ चैत्र २०७७, बिहीबार ११:४१ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले आज चैत ५ गतेबाट ७७ वटै जिल्लामा मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गर्ने भएको छ । आयोगले विज्ञप्ति जारी गर्दै गत पुष ६ गतेदेखि स्थगित गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सम्बन्धी कार्य २०७७ चैत्र ५ गतेबाट पुन सञ्चालन गर्ने जनाएको हो ।

निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मिति सम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक कार्यक्रमबाट कायम रहेका १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आवद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगको मिति २०७७र११र०४ को निर्णयानुसार कायम भएको अन्तिम मतदाता नामावली तथा मतदान स्थल सम्बन्धी जिल्लागत संख्यात्मक यस्तो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here