इलाममा आजदेखि राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता


४ चैत्र २०७७, बुधबार १०:५९ मा प्रकाशित

इलाम । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागितामा इलाम सदरमुकामको ठूलो टुडिखेलमा बुधबारदेखि भलिबल प्रतियोगिता आयोजना हुँदैछ। चैत ७ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने आयोजक जिल्ला भलिवल संघले जनाएको छ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, विमान ट्रेडर्स बिर्तामोड, गौरादह र दमक नगर भलिबल क्लबको सहभागिता रहने जिल्ला भलिबल संघका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिए। विमान ट्रेडर्सबाट भारतको दिल्ली, दमकबाट कोलकोत्ता र गौरादहबाट हरियाणाका खेलाडी सहभागी छन्। प्रतियोगिताका विजेताले दुई लाख एक हजार र उपविजेताले एक लाख एक हजार रुपैया“ साथै ट्रफी प्राप्त गर्ने छन्। ।

लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा १२ वटा खेल हुने छन्। जिल्ला भलिबल संघले २०७६ वैशाख २६ देखि २९ सम्म पहिलो पटक आयोजना गरेको प्रतियोगितामा गण्डकी प्रदेशले उपाधि जितेको थियो। अघिल्लो वर्ष कोभिड १९ का कारण तयारी गरिए पनि प्रतियोगिता स्थगित गरिएको थियो। प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैया“ खर्च हुने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here