नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु


४ चैत्र २०७७, बुधबार ०८:२७ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ ।

ललितपुरको सानेपामा रहेको एक पार्टी प्यालेस विहान ११ बजेदेखि भेला सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणपत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ।

राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए। सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर माधव नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुको पद खोसेपछि एमाले विभाजित भएको छ। ओली र नेपाल–खनालपक्षबीच संवादको थालनी गरिएपनि निरन्तरता पाउन नसक्दा एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here