काठमाडौं । सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ।
नेकपा एमाले फुटको संघारमा पुगेको बेला अध्यक्ष ओलीले नेताहरुलाई वार्ताका लागि बोलाएका हुन्। एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भेट हुने पुष्टि गरे। तर उनले कहाँ र कतिबेला हुने बारेमा भने केही खुलाएनन्।
पार्टी कार्यालय धुम्बारहीमा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागि हुने जनाइएको छ। त्यस्तै नेपाल समूहबाट झलनाथ खनाल र माधव कुमार नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन्।
खनाल–नेपाल समूहले आइतबार ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिष्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो। पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको जनाइएको छ। यी समूहबीच झण्डै चार महिनापछि भेट हुन लागेको हो।





