नेकपा माओवादी केन्द्रले सरकार गठनबारे अन्य राजानीतिक दलसँग छलफल गर्ने


२५ फाल्गुन २०७७, मंगलवार १६:५२ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद, सरकार र राजनीतिक प्रक्रियाको विषयमा अन्य राजानीतिक दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकार गठनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुधबार पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।

‘संसद संचालन, सरकार र संविधान कार्यान्वयन गर्ने विषयमा हामीले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘आवश्यक परेको खण्डमा एमालेसँग पनि वार्ता गर्ने सकिन्छ।’

सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे केही निर्णय नभएको नेता श्रेष्ठले बताए । ‘अदालतको निर्णयपछि ओली पक्षमा रहेका नेताहरुले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छैन। उहाँहरुको आधिकारिक धारणा आएपछि मात्रै हामी उचित कदम चाल्छौँ’ उनले भने।

उनले वातावरण मिल्यो भने पार्टी एकता गर्ने अन्यथा नगर्ने समेत बताए । पार्टीको स्थायी किमटी बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here