न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीकाे चेतावनी


२१ फाल्गुन २०७७, शुक्रबार ०९:३३ मा प्रकाशित

न्युजिल्याण्डमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु जिस्बन सहरबाट झण्डै १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको बीबीसीले जनाएको छ ।

तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सुरक्षित रहन आग्रह गरिएको छ । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन भनेको छ ।

भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here