भोजपुरमा ट्याक्टर दुर्घटनाबाट सह–चालकको मृत्यु


२० फाल्गुन २०७७, बिहीबार १३:५९ मा प्रकाशित

 

भोजपुर । भोजपुर रामप्रसाद राई गाऊपालिका ५ का १८ बर्षीय सहचालक प्रदिप तामाङको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

आज बिहान पौने ७ बजे सोही स्थानमा को२त ३६६९ नम्बरको ट्याक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदिप तामाङ घाईते भएका थिए ।

घाईते प्रदिपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सभा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सन्जिब खड्का प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here