ताजा मतपरिणाम : लोकतान्त्रिक व्यवसायी प्यानलको अग्रता कायमै


१७ फाल्गुन २०७७, सोमबार १०:३७ मा प्रकाशित

विर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघ झापाको आइतबार सम्पन्न चुनावको जारी मतगणनामा नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायी प्यानलले अग्रता कायम गरेको छ ।

१४६७ मत गणना सम्पन्न हुदाँ सम्म लोकतान्त्रिक प्यानलबाट अध्यक्षको उम्मेद्वार प्रकाश शिवाकोटीले ८६० मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले ५८१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले ८३१ मत प्राप्त गर्नुभएको छ भने संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले ५८५ मत प्राप्त गर्नुभएको छ ।उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले ७६५ र संयुक्त प्यानलका प्रकाश घिमिरेले ६३९ प्राप्त गर्नुभएको छ । वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरेले ८९७ मत प्राप्त गर्नुभएको छ भने संयुक्त प्यानलका रामकृष्ण अधिकारीले ४७६ मत प्राप्त गर्नुभएको छ ।

महासचिवमा लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले ७१४ र संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले ६८१ मत प्राप्त गर्नुभएको छ । उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले १००३ र संयुक्त प्यानलका धनबहादुर डाँगीले ३८२ मत प्राप्त गर्नुभएको छ । वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले ७२७ मत प्राप्त गर्नुभएको छ भने उहाका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह ६६३ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले ८८१ मत प्राप्त गर्नुभएको छ । भने संयुक्त प्यानलका दुर्गाप्रसाद खतिवडाले ५४४ मत प्राप्त गर्नुभएको छ । महिलातर्फको सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले ७६६ मत प्राप्त गर्दा संयुक्त प्यानलकी रञ्जु प्याकुरेलले ६१४ मत प्राप्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here