क्रसर उद्योगले गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित


१६ फाल्गुन २०७७, आईतवार १२:३९ मा प्रकाशित

विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन् ।

महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका–८ आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका हुन् ।

खदम खोलामा दुई उद्योगले अबैध उत्खनन् गरेको स्थानीय जीतबहादुर बस्नेतले बताए । गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलले मिलेमतोमा अवैध उत्खनन भएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाका अध्यक्ष कार्की पनि क्रसर उद्योग सञ्चालक हुन् । महादेव मिनरलमा उनको पनि लगानी रहेको स्थानीयको आरोप छ । अध्यक्ष कार्कीले प्रतिक्रिया लिन पुगेका पत्रकारसँग कुरा गर्न मानेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here