ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए


१४ फाल्गुन २०७७, शुक्रबार १७:३४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ ।

नेकपाकै अर्को खेमा प्रचण्ड–नेपाल समूहका नेता गुरुङलाई हटाएर ओली समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक बनाइएको छ ।

ओली समूहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रदेश १ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here