प्रधानमन्त्रीले आज साँझ बोलाए मन्त्रिपरिषद् बैठक


१४ फाल्गुन २०७७, शुक्रबार १३:१८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकिएको हो ।

साँझ बस्ने बैठकले के निर्णय गर्ला भन्ने उत्सुकता छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि बस्न लागेको बैठकबारे उत्सुकता भएको हो । बैठकको जानकारी पाएका एक मन्त्रीले आजको बैठकमा प्रतिनिधि सभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिश पठाउनबारे निर्णय हुनसक्ने जानकारी दिए ।

सर्वाेच्च अदालतले मंगलबार ११ गते प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको थियो ।योसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय अदालतले १३ दिनभित्र प्रतिनिधि सभाको बैठक आह्वान गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

अर्कातिर प्रधानमन्त्री ओलीले नेकपाको राजनीतिक भविष्य र आफ्नो दल निर्माणका लागि दल विभाजनसम्बन्धि अध्यादेशबारे पनि बैठकमा छलफल गराउन सक्नुहुने स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here