काठमाडौं । नेपालमा बिहीबार थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले बिहीबार पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरेको छ ।
जस अनुसार थप ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ सय ६७ पुगेको छ ।
नेपालमा थप ८४ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ७० हजार २२३ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल ८८२ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ६३ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ५३ हजार ६३६ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





