विर्तामोड उद्योग वाणिज्य संघको चुनावी प्रतिष्पर्धामा पौड्याल


१३ फाल्गुन २०७७, बिहीबार १७:३४ मा प्रकाशित

झापा । विर्तामोड उद्योग वाणिज्य संघको यहि फागुन १६ गते हुने निर्वाचनका लागि संयुक्त व्यवसायिक प्यानलका तर्फबाट सचिव पदमा कृष्ण पौड्याल चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

उनले विर्तामोडका उद्योगी–व्यवसायीहरुको हितमा काम गर्ने अवसर दिन मतदाता व्यवसायीसँग आग्रह समेत गरेका छन् । विर्तामोड उद्योग वाणिज्य संघको संस्थापक सदस्य हुंदै संघमा प्रवेश गरेका पौड्याल पि.के सप्लायर्स, श्री अन्तु हेल्थ केयर, पि.के हेल्थ केयर प्रा.लि, श्री अन्तु फर्मा सेल्स, पाथिभरा भेराइटीज प्रा.लि, मार्ट प्रा.लि, पूर्वेली एग्रो इन्डसट्रिज प्रा.लि, उर्जाशिल कृषि परियोजना प्रा.लि, सेनेटिभ वायोटेक प्रा.लि, लगायतका औषधिका थोक बिक्रेताका संचालन गरिरहेका छन् ।

व्यवसायीक रुपमा चिरपरिचित पौडेल २०५० सालमा झापाको भद्रपुरमा दुर्गा मेडिकल सञ्चालन गरेका थिए । त्यस्तै बिर्तामोडमा २०५२ सालवाट कविर फार्मेसी सञ्चालन गरेका थिए ।

त्यस्तै धौलागिरी पारिजात बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष, झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य, लायन्स क्लब अफ अनारमनीको संस्थापक अध्यक्ष, तारा नमस्ते बाल ग्राम अनाथ आश्रमको संस्थापक अध्यक्ष तथा सञ्चालक, औषधि व्यवसायी संघ, नागरिक स्वास्थ्य सहकारी संस्थाका परिकल्पनाकार तथा कार्यकारी प्रमुख, बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाका संस्थापक सदस्य, उर्जाशिल कृषि सहकारी संस्थाका संस्थापक सदस्य लगायतका दर्जनौ संघ संस्थाका समेत उत्तिकै क्रियाशील छन् ।

पौड्यालले विर्तामोडका उद्योगी–व्यवसायीले वाणिज्य संघ आफ्नो हो भन्ने अपनत्व हुने गरी काम गर्नकै लागि व्यवसायीको आग्रहमा आफूले वाणिज्य सचिव पदमा उम्मेद्वारी दिएको वताएका छन् । उनले आफ्नो कामको मूल्याङ्कन गर्दै मतदान गरी विर्तामोडका उद्योगी–व्यवसायीको हितमा काम गर्ने अवसर दिन मतदाता व्यवसायीसँग आग्रह समेत गरेका छन् । पौड्याल हाल विर्तामोड–४ का स्थायी वासिन्दा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here