कोरोना भाइरसको संक्रमण बढेपछि नेदरल्याण्डमा मार्च १५ सम्म कर्फ्यू


१२ फाल्गुन २०७७, बुधबार १४:१० मा प्रकाशित

काठमाडौं । कोभिड १९ को संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्यूको अवधि बढाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कर्फ्यूको समय पनि बढाइएको जनाएका छन् । दोस्रो लहरको भाइरसको प्रकोपपछि कर्फ्यूको समयावधि बढाइएको प्रधानमन्त्री मार्क रुटले बताएका छन् ।

‘हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्को वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ,’ प्रधानमन्त्री रुटले भने ।

आगामी मार्च ३ तारिखदेखि अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने उनले जानकारी दिए । प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने उनले जानकारी दिए ।

कतिपय स्थानमा विभिन्न समयमा कर्फ्यूको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ ।

नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४:३० बजेसम्म कर्फ्यू लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कर्फ्यूको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here