नारी सञ्चार अक्षयकोषमा सहयोग


११ फाल्गुन २०७७, मंगलवार १६:२७ मा प्रकाशित

 

विर्तामोड ११ फागुन । नारी सञ्चार गृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी सञ्चार अक्षयकोषमा सहयोग जुट्ने क्रम  जारी छ ।सोही क्रममा नेपाल महिला उद्यमी संघ झापाका अध्यक्ष पार्वता विमली खरेलले मंगलबार ११ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष विमलीले नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, अक्षयकोषका संयोजक रेजिना गौतम, संस्थापक अध्यक्ष सावित्रा दाहाललाई उक्त रकम बराबरको चेक संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

सहयोग हस्तान्तरण गर्दै महिला उद्यमी विमलीले अक्षयकोषमा सहयोग गर्न पाएको खुशी व्यक्त गर्नुभयो भने सञ्चार गृहका अध्यक्ष शिवाकोटीले धन्यवाद ज्ञापन गर्दै सहयोगी मनहरुप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

सोही अवसरमा प्रेस सेन्टर नेपालका प्रदेश सहसंयोजक तीर्थ सिग्देलले पनि सञ्चार गृहको कोषका लागि ५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here