त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ


१० फाल्गुन २०७७, सोमबार १७:३० मा प्रकाशित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्दै आएका ४१ वर्षीय मोहम्मद मेराज मिकरानीलाई १ सय ५० ग्राम बराबरको सुनका तीन थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।

उनले कतार एयरवेजको उडानमार्फत नेपाल आएका यात्रुले ल्याएको सुन संकलन गरेर लैजान लागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कतार एयरवेजबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाएर मिकरानीले सुन लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here