काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा वालिङ नगरपालिकाले सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० ले हराएको हो ।
लिगको अन्तिम खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक–एक गोल गरिन् ।
जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ११ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगको उपाधि भने एपीएफले जितिसकेको छ ।





