भारतमा ट्रक पल्टिँदा १६ मजदूरको मृत्यु


३ फाल्गुन २०७७, सोमबार ११:१४ मा प्रकाशित

काठमाडौं । भारतको महाराष्ट्र राज्यको जलगाउँमा भएको दुर्घटनामा १६ जना मजदूरको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन्।

जलगाउँको एक मन्दिरको नजिक रहेको मेवाको रुखमा मध्यरातमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ट्रक ठोक्किएर १६ मजदूरको घटनास्थलमै मृत्यु भएको थियो उनीहरु आवेदा, केराला र रावेरका मजदूर थिए। घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

यस अघि आइतबार आन्ध्र प्रदेशमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक बच्चासहित १४ जनाको ज्यान गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here