रोनाल्डोको टोली युभेन्ट्स नापोलीसँग पराजित


२ फाल्गुन २०७७, आईतवार १२:५३ मा प्रकाशित

काठमाडौँ । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स नापोलीसँग स्तब्ध भएको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सलाई नापोलीले १–० ले पराजित गरेको हो । घरेलु मैदानमा नापोलीलाई जित दिलाउन लोरेन्जो इन्सिग्नेले निर्णायक गोल गरे । खेलको ३१औँ मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै नापोली लिगको चौथो स्थानमा उक्लिएको छ । नापोलीले २१ खेलमा ४० अंक जोडेको छ ।

हारसँगै शीर्षस्थानको एसी मिलानसँग अंक दूरी घटाउने युभेन्ट्सको चाहानामा धक्का लागेको छ । तेस्रो स्थानमा रहेको युभेन्ट्सको ४२ अंक छ । शीर्ष स्थानको मिलानको ४९ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here