प्रचण्ड–माधव समूहको जनसभामा अपाङ्गता भएका व्यक्तिहरुको भावनामा चोट पुग्ने गरी बोलेको भन्दै विरोध


२८ माघ २०७७, बुधबार १६:४१ मा प्रकाशित

काठमाडौँ । राजधानी काठमाडौँमा भइरहेको नेकपा प्रचण्ड–माधव समूहको जनसभामा वक्ताहरुले सरकारी कदमको विरोध गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुको भावनामा चोट पुग्ने गरी बोलेको भन्दै विरोध भएको छ ।

सभामा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले मञ्चमा एउटा नोट पठाएर विरोध जनाएका हुन् । उक्त नोट कार्यक्रमका उद्घोषक लीलामणि पौडेलले पढेर सुनाएका थिए ।

नोटमा वक्ताहरुलाई शब्द प्रयोग गर्दा ध्यान दिन आग्रह गरिएको छ । त्यस्ता शब्दहरुले सभामा सहभागी अपाङ्गता भएका सयौँ व्यक्तिहरु दुःखी भएको नोटमा उल्लेख गरिएको छ ।

कतिपय वक्ताहरुले सरकारले असंवैधानिक कदम चालेको भनेर विरोध गर्ने क्रममा ‘अपाङ्ग, अन्धो, लङ्गडो’ जस्ता शब्द प्रयोग गरेका थिए । विरोध नोट पढेर सुनाएपछि उद्घोषक पोखरलले माफी मागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here