विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा सुवास भट्टराई र महासचिवमा अर्जुन मैनालीको उम्मेद्वारी


२८ माघ २०७७, बुधबार १२:१० मा प्रकाशित

झापा । आगामी फागुन १६ गते हुने विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा युवा व्यवसायी सुवास भट्टराई र अर्जुन मैनालीको उम्मेद्वारी पक्का भएको छ ।

भट्टराई अध्यक्ष र मैनाली महासचिव पदमा उम्मेद्वार बन्ने पक्का भएको हो । कोभिड–१९ र राजनीतिक अस्थिरताको कारण चुनौतिपुर्ण बनेको व्यवसाय क्षेत्रलाई सुधार गर्दै व्यवस्थित र मर्यादित बनाउन आफुहरुको उम्मेद्वारी पक्का भएको मैनालीले जानकारी दिए ।

भट्टराई नेपाल अलैँची व्यवसायी महासंघका महासचिव हुन् भने मैनाली युवा व्यवसायी तथा उद्योगीका रुपमा चिनिन्छन् ।हल्दीवारी ३ मा रहेको कावेली समेन्ट उद्योग,विर्तामोडमा २ मा रहेको पाथिभरा स्टिल इण्डस्ट्रीज,ओमकार कंक्रिट रेडिमिक्स,ओम काष्टिङ्ग उद्योग,बि एण्ड बि हार्डवेयर लगायत दर्जनौ व्यवसायमा आवद्व मैनाली नेपाल उद्योग परिसंघका सदस्य तथा डायनमिक क्लव झापाका अध्यक्ष समेत हुन् ।

संघको चुनावी सरगर्मी बढेसंगै विभिन्न राजनीतिक दलहरु आफ्नो प्यानल बनाएर उम्मेद्वारी घोषणा गर्ने तयारीमा छन् ।नेकपा निकट भट्टराई र मैनालीको प्यानलले पनि बाँकी पदको उम्मेद्वार कस्लाई बनाउने भन्नेमा छलफल जारी राखेको छ । सिङ्गो प्यानलको नाम फागुन २ गते घोषणा गर्ने तयारी रहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here