महिला लिग फुटबलको दोस्रो चरणका खेल आजबाट सुरु हुँदै


२४ माघ २०७७, शनिबार ०७:४७ मा प्रकाशित

काठमाडौं । आजदेखि राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु हुँदै छ ।

आज दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीचको खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये ४ खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । आर्मीको १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र शतप्रतिशत नतिजासहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो चरणमा एक खेल पनि नजितेको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढीले आजको खेलमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here