क्यान्सर पीडित प्रसानका लागि जुट्न थाल्यो सहयोग


२३ माघ २०७७, शुक्रबार १३:३७ मा प्रकाशित

अर्जुनधारा । क्यान्सर पीडित बालक प्रसान सुनारको उपचारका लागि आर्थिक सहयोग जुट्न सुरु भएको छ । झापाको अर्जुनधारा नगरपालिका २ का ९ बर्षीय क्यान्सर पीडित सुनारलाई नगद २५ हजार सहयोग प्रदान गरिएको हो ।

दक्षिण कोरियामा रहेका ४ नेपालीले पठाएको नगद २५ हजार उनको परिवारलाई हस्तान्तरण गरिएको छ । कोरियामा रहेका अर्जुनधाराका यूवाहरु बिक्रम राईले १० हजार तथा लक्ष्मी अधिकारी, केशव लुईटेल र बिषाल गिरीले पठाएको ५ /५ हजार नगद संकलन गरी जम्मा २५ हजार हस्तनान्तरण गरिएको हो ।

उक्त्त सहयोग रकम संकलन गरेर पत्रकार तिलक योञ्जनले पीडितको परिवार तथा सहयोग संकलन समितिलाई हस्तान्तरण गरेका थिए । पिडीतको घरैमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा अर्जुनधारा नगरपालिका २ का वडाअध्यक्ष रघुनाथ खनाल, शान्ति शामुदयीक बन समुहका अध्यक्ष तुलसी प्रसाद खतिवडा, सहयोग संकलन समितिकी प्रतिनिधि मोतिमाया भुजेल लगायतको सहभागिता थियो ।

क्यान्सर पीडित ९ बर्षीय प्रसान सुनार

बोन म्यारो क्यानसरको सिकार भएका प्रसानको काठमाडौंको पाटन अस्पतालमा उपचार भईरहेको थियो । उपचारमा रकम अभाव भएपछि अहिले उनलाई परिवारले घरैमा राखेर औषधी खुवाईरहेको प्रसानका बुबा बिष्णु सुनारले बताए । उनको उपचारमा ३० देखि ३५ लाख सम्म खर्च हुने चिकित्सकले बताएको उनको भनाई छ ।

कम्जोर आर्थीक अवस्था भएका सुनार परिवारले हालसम्म छोराको उपचारका लागि ५ लाख भन्दा बढी रकम खर्च गरिसकेको बताएको छ । उपचार खर्च धान्न नसकेपछि उनको परिवारले अहिले आर्थीक सहयोगका लागि अपिल गरेको छ ।

प्रसानसहित उनको परिवार (बुबा, आमा र ठुलोआमा)

प्रसानको उपचारकै लागि भनेर विदेशबाट प्राप्त भएको यो पहिलो सहयोग भएको उनको परिवारले बताएको छ । प्रसानको परिवारले देश विदेशमा रहेका नेपालिहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् । उनको उपचारका लागि हाल ७० हजार सहयोग संकलन भएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here