जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नेकपा नेता रामचन्द्र झा घाइते


२२ माघ २०७७, बिहीबार १६:१९ मा प्रकाशित

जनकपुर । नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा नेकपा नेता रामचन्द्र झाको टाउकोमा चोट लागेको छ ।

बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो ।

झडपमा प्रहरीको लाठीबाट झाको टाउकोमा चोट लागेको हो । झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here