सिक्किम क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० चिनियाँ सैनिक घाइते


१२ माघ २०७७, सोमबार १३:३१ मा प्रकाशित

काठमाडौँ । भारत र चीनका सैनिकबीच सिक्किमको सीमावर्ती क्षेत्रमा झडप भएको छ ।

गत साता नै भएको यो झडपको विवरण भारतीय सञ्चारमाध्यमहरूले सोमबार मात्रै सार्वजनिक गरेका छन् । सिक्किमको नाकु ला क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको आजतकले जनाएको छ ।

भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेर भूमी हडप्न खोजेपछि धपाइएको भारतीय सेनालाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

भारत र चीनबीच पछिल्लो समय सीमाको विषयमा तनाव चुलिदै गएको छ । यसअघि यसअघि गत असारमा लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए।

उक्त झडपमा चीनतर्फ पनि हताहती भएको दाबी गरिए पनि त्यसको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here