सुनको भाउ सामान्य घट्यो, चाँदीको स्थिर


११ माघ २०७७, आईतवार १३:४७ मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ आज पनि सामान्य घटेको छ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको आजको भाउ अस्ति शुक्रबारको भन्दा तीन सय रुपैयाँ सस्तो हो । चाँदीको भाउ भने आज स्थिर छ ।

चाँदीको भाउ अस्तिको जस्तै तोलामा १२ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here