दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज, ओलीलाई कारबाहीको तयारी


११ माघ २०७७, आईतवार ०९:१८ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि कारबाहीको तयारी भएको एक नेताले जानकारी दिए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने आजको बैठकले संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने जनाए । बैठकले अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here