सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो


७ माघ २०७७, बुधबार १२:०९ मा प्रकाशित

काठमाण्डाै – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here