तराईमा बाक्लो हुस्सु, तीन प्रदेशमा वर्षाको पूर्वानुमान


३ माघ २०७७, शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौँ । बंगाल र आसपासमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आजै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here