संसद् विघटनविरुद्धको रिटमाथि सुनुवाइ सुरू


२ माघ २०७७, शुक्रबार १४:०७ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ सुरू भएको छ । सर्वोच्चका प्रधान्यायाशीस सहित पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो ।

शुक्रबारको सुनुवाइमा विभिन्न कानून व्यवसायी तथा नेकपाकातर्फबाट दायर रिटको सुनुवाइ वृहत पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमै गर्ने भन्ने विषयमा बहस भइरहेको छ।

यसअघि २९ पुसमा पनि यही विषयमा सुनुवाइ भएको थियो । सो दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । शुक्रबार सोही विषयमा केन्द्रित रहेर बहस भइरहेको छ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले पुस २२ मा यी रिटमाथिको सुनुवाइ वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।

पुस २९ मा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले वृहत पूर्ण इजलासमा रिट सार्नु नपर्ने जिकिरसहितको निवेदन पेश गरेका थिए। शुक्रबार प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले पुस २९ कै संवैधानिक इजलासलाई निरन्तरता दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here