नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी


२ माघ २०७७, शुक्रबार १३:०७ मा प्रकाशित

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक अहिले काठमाडौँ कोटेश्वरको पेरिसडाँडामा जारी छ ।

बिहीबारबाट सुरू भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ ।

संसद् पुनर्स्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास गरेपनि सम्भव हुन सकेको छैन । विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यो समूहसँग संयुक्त प्रदर्शन गर्न मानिरहेका छैनन् ।

त्यस विषयमा पनि यो स्थायी कमिटी बैठकमा छलफल गर्ने कार्यसूची छ । यसबाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here